अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णाली एमालेले कर्णालीमा गर्नुपर्ने विकास निर्माणको काम बारे प्रधानमन्त्रीलाई बुझायो लिखित सुझाव 

कर्णाली एमालेले कर्णालीमा गर्नुपर्ने विकास निर्माणको काम बारे प्रधानमन्त्रीलाई बुझायो लिखित सुझाव 


काठमाडौं-नेकपा एमाले कर्णालीले कर्णालीमा गर्नुपर्ने विकास निर्माणको कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

एमाले कर्णालीका नेताहरूले गए राति प्रधानमन्त्रीलाई भेटेर आउने आउने बजेटमा कर्णाली प्रदेशमा समेट्नु पर्ने योजनाको बारेमा ध्यानाकर्षण गराएको हो । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको नेतृत्वमा कर्णालीबाट पार्टी केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूले प्रधानमन्त्रीलाई भेट्नु भएको थियो ।

प्रधानमन्त्रीलाई कर्णालीको विकासका लागि आगामी बजेटमा समेट्नु पर्ने विषयका बारेमा लिखित रूपमा ध्यानाकर्षण गराइएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । ‘हामीहरूले प्रधानमन्त्रीज्यूलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेका छौँ’, रिजालले भन्नुभयो ।