काठमाडौँ- नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पार्नुभएको छ।
शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने स्पष्ट पार्नुभएको हो।
सञ्चारमन्त्री गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरूसँग छलफल गरिने धारणा राख्नुभयो।
संविधान संशोधनलाई राष्ट्रिय एजेन्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केही समय लाग्न सक्ने सञ्चारमन्त्री गुरुङले भनाइ छ।
सञ्चारमन्त्री गुरुङले सदनमा होल्डमा रहेका विधेयकहरूलाई समेत अन्य दलसँग छलफल गरेर छिटो भन्दा छिटो अघि बढाइने बताउनुभयो।
प्रतिक्रिया