अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय

यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय


काठमाडौं-नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले २०८१ पुस २३ गते (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।

बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो।

बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ‘वर्कसप अन इनह्यान्सिङ एसएआई-सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिजन’ कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारलाई स्वीकृत प्रदान गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो।

मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ।

यस्तो छ २०८१ पुस २३ गतेका निर्णयहरू