अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक: अर्थमन्त्री पौडेल

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू दिर्घकालीन रूपमा समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथौ राष्ट्रिय महाधिवेशनमा बोल्दै अर्थमन्त्री मन्त्री पौडेलले पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण पिलरको रूपमा रहेको भन्दै यस क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको हो।

वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्यालाई बुझ्ने र समाधान गर्ने प्रयास सुरू भइसकेको अर्थमन्त्री मन्त्री पौडेलले बताउनु भयो। मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको समेत विकास हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको अर्थमन्त्री मन्त्री पौडेलको भनाइ छ।

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरै भन्दा धेरै पर्यटक भित्रने जिकिर गर्नुभयो।