अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-आज तीन संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्ने कार्यसूची रहेको छ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे १२ बजेलाई बोलाइएको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ। त्यसपछि राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दैछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल शुरु हुने संसद् सचिवालयले जनाएको छ।