अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माघी मनाउन एमाले महासचिव गृहजिल्ला दाङमा

माघी मनाउन एमाले महासचिव गृहजिल्ला दाङमा


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेल २०८१ सालको माघी पर्व मनाउन गृहजिल्ला दाङ पुग्नुभएको छ। माघी मिलनसहितका विभिन्न कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल गृहजिल्ला पुगेको एमालेले जनाएको छ।

एमालेनिकट नेपाल लोकतान्त्रिक थारु संघ दाङले घोराही उपमहानगरपालिका-९ लरैनामा आयोजना गरेको माघी साँस्कृतिक कार्यक्रममा सहभागी भएका महासचिव पोखरेल अन्य स्थानीय समुदायका कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

महासचिव पोखरेल माघ १ गतेसम्म माघी मनाएर माघ ३ गते काठमाडौं फर्कने कार्यक्रम छ।

दाङमा थारु समुदायमा यतिबेला माघीको चहलपहल बढेको छ।