अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भ्रष्टाचार आरोपमा दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

भ्रष्टाचार आरोपमा दक्षिण कोरियाका राष्ट्रपति पक्राउ


काठमाडौं-दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो।

भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन्।

यसअघि पनि योललाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो। तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ।

गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको उनको तर्क थियो ।