अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

आज न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले झालाई थुनामा राख्नुपर्ने कारण देखाउन आदेश दिएको हो। झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा उनीविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। झालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर भएको थियो।