अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थाबारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । 

त्यस्तै बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।