अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा रवि र छविविरुद्ध आज पूरक अभियोजन दर्ता हुँदै

रुपन्देहीमा रवि र छविविरुद्ध आज पूरक अभियोजन दर्ता हुँदै


काठमाडौं-जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयले हिजो अबेर थप अभियोजन मुद्दा दर्ता गरेको छ भने समय अभावका कारण पूरक अभियोजन आज दर्ता गर्दैछ । यसअघि वैशाख ३ गते दर्ता भएको मूल मुद्दामा सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहित २८ जना विरुद्ध मुद्दा दर्ता भएको थियो।

जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीका अनुसार सुरु मुद्दामा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकोमा हिजो १७ जनालाई संगठित अपराधको थप अभियोग लगाइएको छ।

यस्तै, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र छविराज जोशी सम्बन्धित पूरक जाहेरी अनुसारको अभियोजन आज दिउँसो दर्ता गर्न लागिएको हो । सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई संगठित अपराधको थप अभियोग लगाइएको छ भने ११ जनाविरुद्ध भने ठगीको मूल मुद्दा नै कायम रहने छ।

थप र पूरक अभियोजनमा ४२ जना प्रतिवादीबाट १ अर्ब १२ करोड रुपैयाँको माग दाबी गरिएको छ ।