अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

१५-२० दिनभित्र संसद् सुरु हुन्छ: प्रधानमन्त्री ओली

१५-२० दिनभित्र संसद् सुरु हुन्छ: प्रधानमन्त्री ओली

पहिलाे बैठकमै अध्यादेश पेस गर्छाैं


काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ‌ओलीले अबकाे १५-२० दिनभित्र संघीय संसद्काे अधिवेशन सुरु हुने बताउनुभएकाे छ।

शुक्रबार काठमाडाैंमा आयाेजित स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को रजत महोत्सवलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले ल्याएका अध्यादेश संसद्काे पहिलाे बैठकमै पेस गरेर छलफल थालिने जानकारी दिनुभयाे। सरकारले अध्यादेशले ल्याएकाेमा कतिपयले विराेध गरिरहेका भन्दै उहाँले काम गर्नका लागि सरकारले अध्यादेश ल्याएकाे प्रष्ट पार्नुभयाे। 

प्रधानमन्त्री ओलीले ती अध्यादेशले दुई महिनाभित्र कानुनको रुप लिइसक्ने बताउनुभयाे। प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौं कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्, अध्यादेशले शासन खोज्यो भनेर १५-२० दिनभित्र संसद आइसक्छ, संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं, त्यहाँ छलफल गर्छौं र अगाडि बढाउँछौं, दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ, तर २ महिनासम्म काम रोकेर बस्न मिल्दैन, एउटा देशको २ महिना भनेको महत्वपूर्ण छ, अत्यन्त जरुरी कुराहरु अहिले खोल्न जरुरी छ, उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन्, हाम्रा नीतिहरु, कानुनहरु बन्नुपर्दछ, काम गर्नका लागि काम रोक्नका लागि होइन, रोक्न कानुन बनेका छन् भने त्यस्ता कानुनलाई फेर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्‍याउने र व्यवसायीलाई मद्दत पुग्ने सकारात्मक कानुन परिवर्तन गर्नुपर्ने बताउनुभयाे । उहाँले एक हप्ता ढिलाे हुने देखिए त्याे एक हप्ताअघि नै गर्नुपर्ने बताउनुभयाे।