अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी

माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी


काठमाडौं-सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी गरेको छ। माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन आह्वान हुनसक्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘अब केही दिनमै बोलाइन्छ। माघको १८ वा २० गते मा हुनसक्छ, त्यही अनुसारको सल्लाह हुँदैछ।’

यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै अबको १५/२० दिनमा संसद् अधिवेशन बोलाउने बताउनुभएको थियो।

संसद्को बर्षे अधिवेशन गएको भदौ ३१ गते अन्त्य भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रचलन छ।