बर्दिया-भौतिक र्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बर्दियाको जब्दीघाट पुलको निरीक्षण गर्नुभएको छ। सोमबार मन्त्रालयका सचिव केशवकुमार शर्मा एवम् प्राविधिकहरुसहित मन्त्री दाहालले क्षतिग्रस्त पुलको निरीक्षण गर्नु भएको हो।
निर्माण भएर उद्घाटन समेत हुन नपाई उक्त पुलको विच भागमा भत्किए पछि सो पुल निर्माणमा त्रुटी र कमजोरी भएको स्थानीयले गुनासो गर्दै आएका छन्।

निरीक्षणका क्रममा मन्त्री दाहालले कुनै पनि योजनाहरुमा त्रुटी र लापर्वाही हुने अवस्था आउन नदिन निर्देशन दिनुभयो। योजनाहरुलाई त्रुटि रहित बनाउनकै लागि निर्माणमा संलग्न सवै पक्षहरुलाई उत्तरदायी बनाउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
उक्त स्थानमा पुल भत्किएका कारण नागरिकमा परेको समस्या समाधानका लागि नयाँ पुल निर्माणको प्रकृया अघि बढिसकेको मन्त्रालयले जनाएको छ। २०७४ सालको साउनमा आएको बाढीले निर्माण पूरा भई उद्घाटन हुनु अघिनै सो पुलका दुई स्पान भासिएका थिए।
प्रतिक्रिया