अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

 सानो देश भनेर हिनताबोध पाल्न जरुरी छैन, छिमेकीसँग खुलस्त कुरा राख्नुपर्छ: प्रधानमन्त्री ओली

 सानो देश भनेर हिनताबोध पाल्न जरुरी छैन, छिमेकीसँग खुलस्त कुरा राख्नुपर्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सानो देश भनेर हिनताबोध पाल्न जरुरी नरहेको भन्दै छिमेकीहरुसँग खुलस्त ढंगले आफ्ना कुरा राख्नुपर्ने बताउनु भएको छ।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले सानो देश भनेर हिनताबोध पाल्न जरुरी छैन, हामी भन्दा साना देश एक सय भन्दा बढी छन्। हामीले हाम्रा छिमेकी मित्रहरुसँग खुलस्त मित्रतापूर्ण ढंगले आफ्ना कुराहरु राख्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले सबै विषयमा तर्कपूर्ण र तथ्यपूर्ण ढंगले राख्नुपर्नेमा जोड दिनुभयो। ‘आफ्नो दृष्टिकोण, आफ्नो पोजिसन यहाँनेर छन् र यी जायज छन् भन्ने कुरा खुलस्त ढंगले पुष्टि गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हवाइ उड्यनका सम्बन्ध, सीमा नाकाहरुको सम्बन्ध, उद्योग कहाँ खोल्ने, नखोल्ने भन्ने सम्बन्धमा। अथवा यो वा त्यो सबै इस्यूमा।’