अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गोकुल बास्कोटाको प्रश्न: संविधानमा छ भने अध्यादेश ल्याउनु कसरी अलोकतान्त्रिक हुन्छ ?

गोकुल बास्कोटाको प्रश्न: संविधानमा छ भने अध्यादेश ल्याउनु कसरी अलोकतान्त्रिक हुन्छ ?


काठमाडौँ-नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको बताउनु भएको छ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अध्यादेश ल्याउनु गलत रहेको बताउनुभएको थियो।

त्यसपछि बैठकमा एमाले सांसद बास्कोटाले अध्यादेश कसरी अलोकतान्त्रिक हुन्छ ? भन्दै प्रश्न गर्नुभयो। सांसद बास्कोटाले अध्यादेश संवैधानिक व्यवस्था रहेको बताउनुभयो। सांसद बास्कोटाले भन्नुभयो, ‘अध्यादेश आउनु लोकतन्त्र हो कि होइन भन्ने अनौठो लाग्छ। त्यो व्यवस्था संविधानमा राखेको छ त कसरी अलोकतान्त्रिक हुन्छ। होइन भने त्यो बुँदा संविधानबाट झिकिदिउँ।अध्यादेश हिजो पनि आएको छ। अहिले धन्न २० प्रतिशतमा दल फुटाउने अध्यादेश त आएको छैन।’

सांसद गोकुल बास्कोटाले लेखा समितिमा उजुरीहरू आउनु स्वाभाविक भएको बताउनु भयो। उहाँले समितिको बैठकमा समितिमा परेका उजुरी केबल सूचना हुन् उहाँले बताउनुभयो। तथ्य पत्ता लगाउन समितिले पहल गर्नुपर्ने बताउनुभयो।