अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल-चीनबीचको सम्बन्धलाई मजबुत बनाएको छ: सभामुख घिमिरे

प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल-चीनबीचको सम्बन्धलाई मजबुत बनाएको छ: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन मद्दत पुगेको बताउनु भएको छ।

नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरे सो कुरा बताउनु भएको हो।

सभामुख घिमिरे भन्नुभयो, ‘चीन औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णयहरू र सम्झौताहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ गति प्रदान गर्न मार्ग प्रसस्त गरेका छन्। यसबाट नेपालको आर्थिक रूपान्तरण र विकासका प्राथमिकताका क्षेत्रहरूमा सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा मद्दत मिल्ने कुरामा म विश्वस्त छु।’

सभामुख घिमिरेले सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको बताउनु भयाे।

सभामुख घिमिरे चीनसँगको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू अर्थात् पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताउनुभयो।

सभामुख घिमिरे भन्नुभयो, ‘हामी बीचको यस्तो सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ।’ एक चीन सिद्धान्त’ लाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको छ। चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको छ।’