अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो (नामावलीसहित)

भारतमा रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो (नामावलीसहित)


काठमाडौं-भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेका छन्। यस्तै दुर्घटनामा थप ४ जना नेपाली घाइते समेत भएका छन्।

रेल दुर्घटनामा अन्य पाँचजना भारतीयको पनि मृत्यु भएको छ।