अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीविरुद्ध अनेक खालका घेराबन्दी भइरहेको छ: गणेश पाण्डे

प्रधानमन्त्री ओलीविरुद्ध अनेक खालका घेराबन्दी भइरहेको छ: गणेश पाण्डे


काठमाडौं-प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अहिले अनेक खालका घेराबन्दी गरिएको बताउनुभएको छ।

सोमबार प्रेस चौतारी नेपाल बर्दियाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रधानमन्त्री र सरकार विरुद्ध अनेक खालका भ्रम फिँजाउने काम भएको बताउनुभयो। ‘प्रधानमन्त्री केपी शर्मा ओली माथि निक्कै ठुलो घेराबन्दी भइरहको छ, निकै ठुलो भ्रम फैलाउने काम भइरहेको छ, निकै धेरै मिथकहरू फैलाइएका छन्’, उहाँले भन्नुभयो।

सरकारले गरेका सकारात्मक कामको पनि चर्चा हुनुपर्नेमा उहाँले जोड दिनुभयो। अहिलेको सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने र रोकिएका विकास निर्माणलाई अघि बढाउने काम गरिरहेको भन्दै उपाध्यक्ष पाण्डेले यस्ता विषय समाचारका विषय बन्नु पर्ने बताउनुभयो। ‘त्यो देखेर केही मानिसहरू अत्तालिएका छन् र प्रधानमन्त्रीका विरुद्ध भ्रमको खेती गरिएको छ’, उपाध्यक्ष पाण्डेले भन्नुभयो ।

अहिले केही शक्तिहरूबाट नेपालको विकासको गति रोक्ने र आत्मनिर्भर नेपाल बनाउने अभियानलाई रोक्ने प्रयत्न भइरहेको उपाध्यक्ष पाण्डेले बताउनुभयो। यस तर्फ सञ्चार जगत् सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो। ‘यस्ता प्रवृत्तिका विरुद्ध जुध्न र कलम चलाउनको लागि पत्रकारहरूलाई अनुरोध गर्दछु’, उहाँले भन्नुभयो।