काठमाडौँ-कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। सभामुख देवराज घिमिरेले बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेगरी बैठक बोलाउनु भएको हो।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।
बैठकले संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ। संसदको हिउँदे अधिवेशनको पहिलो बैठक यही माई १८ गते बस्दैछ। उक्त बैठकको तयारीका लागि कार्यव्यवस्था समिति बस्न लागेको हो।







प्रतिक्रिया