अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकार कहिले ढल्छ भनेर विपक्षी दलले चिन्ता गर्नु पर्दैन: भौतिकमन्त्री देवेन्द्र दाहाल

सरकार कहिले ढल्छ भनेर विपक्षी दलले चिन्ता गर्नु पर्दैन: भौतिकमन्त्री देवेन्द्र दाहाल


बिर्तामोड-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारका साझेदारहरुबीच दर्विलो विश्वास रहेकोले सरकार कहिले ढल्छ भनेर धेरै पीर नलिन विपक्षीहरुलाई सुझाव दिनुभएको छ। संसदभित्रको अंक गणित बुझेर मात्र सरकारको जोखाना हेर्नुपर्ने उहाँको धारणा छ।

विभिन्न कार्यक्रममा सहभागी हुन आज साँझ झापा आउनुभएका मन्त्री दाहालले बिर्तामोडमा जिल्लाका जनप्रतिनिधिहरु, प्रदेश सांसद, मन्त्री र जिल्लाका पार्टी नेताहरुसँगको भेटघाटमा यस्तो बताउनु भएको हो।

देश आधुनिक सुरुङ युगमा प्रवेश गरेको बताउदै उहाँले यो सरकार बनेपछि के कति काम भन्ने बारे बुझ्नलाई फिल्डमा जानुपर्ने बताउनुभयो। अवरुद्ध योजनाहरु गति दिएको बताउँदै मन्त्री दाहालले विकासमा अवरोध हुने कानुन वा नियम संशोधन गर्दै जाने धारणा व्यक्त गर्नुभएको छ।

समृद्ध नेपाल, सुखी नेपालीको जग दर्विलो बनाउदै सरकारले विकास निर्माणको कामलाई गति दिने सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ। मन्त्री दाहालका अनुसार आगामी बजेटमा योजनाहरु पहुँचका आधारमा नभई आवश्यकताका आधारमा छनौट गरिनेछ। जनप्रतिनिधिहरुलाई पनि सोही प्रकृतिका योजना सिफारिस गर्न सुझाव दिनुभयो।

नागरिकको जीवनमा रुपान्तरण ल्याउने किसिमका योजनालाई प्राथमिकता दिन आग्रह गर्दै मन्त्री दाहालले आधारभुत आवश्यकलाई नभूल्न भन्नुभएको छ। मन्त्री दाहालले कृषि उपजको बजारिकरण हुने र उत्पादन वृद्धि गर्ने योजना आवश्यक भएको धारणा राख्नुभयो।