काठमाडौँ-भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ। शनिबार महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।
बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको जनाएको छ। दुर्घटनाका बेला स्कारपियोको गति एक सय किलोमिटर प्रतिघण्टा रहेको जनाएको छ।
प्रतिक्रिया