अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन : बलराम अधिकारी अध्यक्ष

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन : बलराम अधिकारी अध्यक्ष


काठमाडौं- कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान बागमती प्रदेशको पहिलो अधिवेशनले बलराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ । हिजो कपनमा भएको अधिवेशनमा भुमि ब्यबस्था, सहकारी तथा गरिबि निवारण मन्त्री श्री बलराम अधिकारीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

समितीको उपाध्यक्ष उपाध्यक्ष होम बहादुर अधिकारी,महिला उपाध्यक्ष रमा अधिकारी, सिन्धुली सचिब शिब ॐ अधिकारी , ललितपुर कोषाध्यक्षमा राजन अधिकारी ,दोलखा, सहसचिब दीपक प्रसाद अधिकारी ललितपुर चयन हुनभएको छ । यसैगरी सदस्यहरुमा हेमा अधिकारी , काठमाण्डौ, प्रबिन कर अधिकारी हरि शंकर अधिकारी, भक्तपुर सदस्य लेखनाथ अधिकारी, रसुवा प्रदिप अधिकारी , नुवाकोट, कृष्ण बहादुर अधिकारी ,धादिङ, मनहरि अधिकारी, चितवन, राजेन्द्र प्रसाद अधिकारी, काभ्रे कुमार अधिकारी ,दोलखा, हरिकृष्ण अधिकारी, रामेछाप पुरुष सदस्य केशब प्रसाद अधिकारी, सिन्धुली महिला सदस्य बबि अधिकारी , रामेछाप महिला सदस्य स्मृती अधिकारी , काठमाण्डौ पुरुष सदस्य रामचन्द्र अधिकारी, काठमाण्डौ पुरुष सदस्य खेमराज अधिकारी ,काठमाण्डौं, पुरुष सदस्य बिमल अधिकारी ,काठमाण्डौ ,महिला सदस्य पबित्रा अधिकारी , काठमाण्डौ , मनोनित सदस्य बिमल अधिकारी ,काठमाण्डौ मनोनित सदस्य दाताराम अधिकारी रहनु भएको छ ।
मन्त्री अधिकारीले अधिकारी वंशबाट राष्ट्रका लागि विभिन्न तह र तप्कामा रहेर योगदान गरेका व्यक्तिहरुलाई सम्मान पनि गर्नु भएको छ । जसमा न्यायाधिस माधव प्रसाद अधिकारी,प्रा.डा.चन्द्रमणी अधिकारी,नेपाली सेनाका उपरथ अच्यूतप्रसाद अधिकारी, भुमि ब्यबस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारी बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, गृह मन्त्रालयका उपसचिब एकदेव अधिकारी , टिचिङ हस्पिटलका उप प्राध्यापक डक्टर सुमन अधिकारी नृत्य निर्देशक समन अधिकारी र समाजसेवी राम बहादुर अधिकारी वरिष्ठ पत्रकार याे बेला डट कमका प्रधानसम्पादक चेतन अधिकारी लगायतलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा बुढानिकण्ठ नगरपालिकाका मिठाराम अधिकारी,संविधासनसभा सदस्य शंकरनाथ अधिकारी,प्रतिष्ठानका केन्द्रका अध्यक्ष नरेन्द्रकुमार अधिकारी पनि विशेष अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले प्रतिष्ठानले अधिकारी वंशको हक हितका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले जातीय इतिहास खोजीका लागि पनि काम गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि आफू सदा सकारात्मक रहेको बताउनुभयो । कार्य समितीको अवधी तीन वर्षको हुनेछ ।