अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण लागि गृहकार्य भइरहेको छ: मन्त्री यादव

देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण लागि गृहकार्य भइरहेको छ: मन्त्री यादव


पर्सा-खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताउनुभएको छ।

आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो। मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताउनुभयो।

मन्त्री यादवले भन्नुभयो, ‘चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी नि:शुल्क खानेपानीका धारा जडान तथा वितरण गर्दैछौँ। अब सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन । शून्य पैसामा सामुदायिक विद्यालयमा पानीका धारा जडान गरिनेछन्।’

सामुदायिक विद्यालयहरूमा नि:शुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिनुभयो।

सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि नि:शुल्क खानेपानी वितरण तथा जडान गर्नका लागि शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो ।