चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (बिहीबार) पनि चितवन अदालतमा उपस्थित गराइँदैछ। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो।
आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ। बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ। बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएको थियो। आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन्। साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो।
बयान सकिएसँगै हिजोबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए । सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याएका थिए ।
प्रतिक्रिया