अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीले भोलि केबलकारको आन्दोलनरत पक्षसँग वार्ता गर्नुहुने

गृहमन्त्रीले भोलि केबलकारको आन्दोलनरत पक्षसँग वार्ता गर्नुहुने


काठमाडौँ-पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग भोलि सरकारले वार्ता गर्नुहुने भएको छ।

भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको नेकपा एमाले सांसद योगेश भट्टराईले जानकारी दिनुभयो।

सांसद भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरेँ। माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनुभएको जानकारी गराउँदछु।’

आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत समस्याको समाधान गर्न समेत उहाँले अनुरोध गरेका छन् ।

आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो। आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरू मन्त्री स्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए।