काठमाडौँ-नेकपा एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारको विरोधमा आन्दोलनरत पक्षका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबी सोमबार वार्ता हुने बताउनु भएको छ।
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले आन्दोलनरत पक्षसँग आइतबार आफूले संवाद गरेको समेत जानकारी गराउनु भएको हो।
‘आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म निर्माणाधीन पाथीभरा केबलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहार्दपूर्ण संवाद गरियो। उहाँहरूका कुरा सुनें। मेरा कुरा भनेँ’, सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले भन्नुभएको छ, ‘उहाँहरूले माननीय गृह मन्त्रीज्यूसमक्ष भेटेर आफ्ना कुरा राखन चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भएअनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरेँ ।’
सचिव भट्टराईले गृह मन्त्रीज्यूले भोली माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिएको जानकारी गराउँदै आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत समस्याको समाधान गर्न अनुरोध समेत गर्नुभएकाे छ।







प्रतिक्रिया