अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्दै हिमालयन एअरलाइन्स

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्दै हिमालयन एअरलाइन्स


पोखरा-हिमालयन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा गरेको छ।

एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ। उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुँदैछ। हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस् । अपडेटका लागि प्रतीक्षा गर्नुहोस् ।’

पोखराका मेयर धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताएका छन्।

उनले भनेका छन्, ‘चिनियाँ सरकारले आफ्ना नागरिकहरूका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्त्वपूर्ण कदम हो। यस अवसरलाई पर्यटन प्रवर्द्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायीहरू, सरोकारवालाहरू तथा सम्पूर्ण पोखरेली जनसमुदायलाई आग्रह गर्दछु ।’ अब उत्तरी छिमेकमा औपचारिक उडान सुरु भएको छ र दक्षिणतर्फ आवश्यक पहल गर्न उनले आग्रह गरेका छन्।