अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित शहर

काठमाडौं विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित शहर


काठमाडौं-काठमाडौं आज (बिहीबार) विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा परेको छ। विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको छ। जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ।

आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा १ नम्बर सूचीमा छ । चीनको वुहान नेपालपछिको स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ। विपद् पोर्टलले नेपालको विभिन्न सहरहरूको वायुको गुणस्तर अत्यन्त चिन्ताजनक देखाएको छ। पोर्टलका अनुसार बुधबार बिहान ७ः५३ दाङको एक्युआइ २६०.३६ पुगेको थियो। अहिले बिहान ११ बजे पोखराको एक्युआइ २४४.२१ पुगेको थियो ।