अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाबाट भूमिसम्बन्धी अध्यादेश पनि स्वीकृत हुन्छ: प्रधानमन्त्री ओली

राष्ट्रिय सभाबाट भूमिसम्बन्धी अध्यादेश पनि स्वीकृत हुन्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताउनु भएको छ।

नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा  प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरु आनन्द पोखरेल, पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताउनु भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार राति साढे १ बजे नेकपा (एमाले) बागमती प्रदेशमा रहेका विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए। सोही क्रममा एक नेताले प्रधानमन्त्री ओलीलाई भूमिसम्बन्धी अध्यादेश सदनबाट के हुन्छ भन्ने जिज्ञासा राख्दा प्रधानमन्त्री ओलीले स्वीकृत हुने जवाफ दिनुभएको हो।

‘हामी पार्टी सांगठनिकलगायत विषयमा कुराकानी गर्न बालुवाटार गएका थियौं । कुराकानीका क्रममा एक जना साथीले भूमिसम्बन्धी अध्यादेशबारे प्रधानमन्त्रीज्यूसँग जिज्ञासा राख्नु भयो,’ इन्चार्ज देवी ज्ञवालीले भन्नभयो, ‘भूमिसम्बन्धी अध्यादेश पनि राष्ट्रिय सभाबाट स्वीकृत हुन्छ भनेर उहाँले भन्नु भयो, के आधारमा त्यसो भन्नुभयो त हामीलाई थाहा हुने कुरा पनि भएन ।’