बागलुङ -बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्।
बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवका अनुसार उकालो ब्रेक नलागी गाडी पछाडी सरेर जिप दुर्घटना भएको हो।
दुर्घटनामा बडिगाड–९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते छन्। घाइते एकजनाको परिचय खुल्न बाँकी छ।







प्रतिक्रिया