अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प


काठमाडौँ-इन्डोनेसियामा भूकम्प गएको छ। आज बिहान ७ः१० बजे  सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ। 

यसअघि जनवरी २०२१ मा सुलावेसीमा आएको ६.२ म्याग्निच्युडको भूकम्पले १०० भन्दा बढी मानिसको ज्यान लिएको थियो र हजारौंलाई घरबारविहीन बनाएको थियो ।