अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाहसँगै भारत जाने ३५ सदस्यीय टोलीमा को-को छन् ? (सूचीसहित)

प्रधानमन्त्री शाहसँगै भारत जाने ३५ सदस्यीय टोलीमा को-को छन् ? (सूचीसहित)


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने राजकीय भारत भ्रमणमा ३५ सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । यसअघि ३४ सदस्यीय टोली तय गरिएकोमा एक सदस्य थपिएपछि भ्रमण टोलीको संख्या ३५ पुगेको हो ।

प्रधानमन्त्री शाह आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुनेछन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि छन् । त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ टोलीमा सहभागी हुनेछन् ।

त्यसैगरी, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे र परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारी पनि भ्रमण टोलीमा छन् ।

टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालसहित प्रधानमन्त्रीको सचिवालयका सदस्य, परराष्ट्र मन्त्रालयका विभिन्न तहका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन् ।

सरकारी सञ्चारमाध्यम गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधि पनि भ्रमण टोलीमा समेटिएका छन् । भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, आर्थिक सहकार्य तथा लगानीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

१. प्रधानमन्त्री बालेन्द्र शाह
२. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. माननीय शिशिर खनाल, परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६.‍ विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव
८. अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सचिव
९. रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
१०. सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत
१२. जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव
१५. कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता
१७. अमृत लाम्साल, अर्थ मन्त्रालयका सहसचिव
१८. सुभाष ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
१९. सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव
२०. दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२२. विजय राज तण्डुकार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२३. लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत
२५. मनोज गैरे, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका शाखा अधिकृत
२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०.तारा हमाल ढुंगाना, गोरखापत्रकी संवाददाता
३१. कमल कुमार बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता
३२. अशोक कुमार बस्नेत, नेपाल टेलिभिजन (एनटीभी) का भिडियोग्राफर
३३.  प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल
३४. मेजर रोशन केसी, प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
३५. मुकेश डंगोल महानिर्देशक, नेपाल नागरिक उडड्यन प्राधिकरण