काठमाडौं । निजी विद्यालयहरूको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का निवर्तमान केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरी नेकपा एमालेमा प्रवेश गरेका छन्। लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय हमालको एमाले प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
सिरहाको धनगढीमाई नगरपालिका–१२ मा जन्मिएका हमाल विगत २९ वर्षदेखि लहानमा एलएमसी माध्यमिक विद्यालय तथा कलेज (LMC Secondary School/College) सञ्चालन गर्दै आएका छन्। शिक्षा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी निजी विद्यालय सञ्चालकहरूको संगठन एनप्याब्सनको राष्ट्रिय अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका व्यक्ति हुन्।
नेकपा एमालेको राष्ट्रिय भेलाका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र माला लगाएर हमाललाई पार्टीमा स्वागत गरेका हुन्।
शिक्षा क्षेत्रमा लामो समय काम गरेपछि अब समाज र आफ्नो जन्मभूमिका लागि थप योगदान गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेको हमालले बताएका छन्। उनी सामाजिक गतिविधिमा मात्र सीमित नरही स्थानीय तहको नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने आकाङ्क्षासमेत राख्छन्।
हमालले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका अग्रज नेताहरूले अवसर दिए आफू स्थानीय नेतृत्वका लागि सशक्त रूपमा अघि बढ्ने संकेत गरेका छन्।
‘लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनको राष्ट्रिय अध्यक्षको भूमिका निर्वाह गरिसकेपछि अब समाज र आफ्नो ठाउँका लागि केही गरौँ भन्ने मनमा थियो,’ उनले भने, ‘पार्टीका अग्रज नेताहरूले सेवक बनेर काम गर्ने अवसर दिएमा आगामी स्थानीय निर्वाचनमा सशक्त रूपमा अघि बढ्ने सोचमा छु।’
शिक्षा तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका हमालको राजनीतिक प्रवेश



प्रतिक्रिया