काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ। महाशिवरात्रिको अवसरमा सामाजिक सञ्जाल एक्समा हामीले मनाउने पर्व र उत्सवहरुले आपसी एकता र सहिष्णुताको भावना अभिवृद्धि गर्ने विश्वास लिएको उहाँले बताउनुभएको छ।
‘नेपाललगायत विश्वभरीका हिन्दु धर्मालम्बीहरुले भगवान् शिवको आराधना गरी मनाउने यो पर्वले सबैलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस भन्ने शुभकामना छ,’ उहाँले लेख्नुभएको छ।
‘आज नेपाली सेनाको स्थापना दिवस पनि हो । देश र जनताको सुरक्षाको लागि कटिबद्ध रही अन्तरराष्ट्रिय जगत्मा पहिचान बनाउन नेपाली सेनालाई सफलता मिलोस् भन्ने शुभकामना दिन्छु”, उहाँले एक्समा लेख्नुभएको छ







प्रतिक्रिया