अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : सातै प्रदेशमा बदली,६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : सातै प्रदेशमा बदली,६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौं – देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार सातवटै प्रदेशमा आंशिक बदली रहँदा ६ वटा प्रदेशमा हल्का वर्षा हुनेछ । मधेसबाहेकका सबै प्रदेशमा हल्का वर्षा हुनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।