काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा २०८१ फागुन १६ गते बेलुका ५ बजे बस्ने गरी बैठक बाेलाउनु भएको हाे।
बैठकमा सरकारले ल्याएको अध्यादेश लगायतका पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने जनाएको छ। सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुन्छ।
यसैगरी कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनुहुन्छ।







प्रतिक्रिया