काठमाडौँ-एमाले निकट अनेरास्ववियुले विद्यार्थीलाई परिचयपत्रका आधारमा विद्युत महसुलमा छुट दिने व्यवस्था गरिनुपर्ने माग गरेको छ।
अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमल्सिनाले तोकिएभन्दा बढी महसुल घरबेटीले उठाउने गरेको बताउनुभयो।
‘विधिविपरीत यो सबमिटर आतङ्क किन ? यसको नियमन कसले गर्ने ? विद्यार्थीलाई परिचयपत्रका आधारमा विद्युत महसुलमा छुट प्रदान गर्ने व्यवस्था गरिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘साथै घरबेटीले गर्ने हेरेस्मेन्टसम्मका गुनासोलाई तत्काल सम्बोधन गर्ने छुट्टै संयन्त्र निर्माण गरि यस प्रकारका दैनन्दिन घट्ने घटना कम गरि शान्तिपूर्ण रुपमा गैरघरधनीले पनि सम्मानपूर्वक बाँच्न पाउनुपर्छ।’
घरमा जडान गरिएको मिटरको एम्पिएरअनुसारप्रति युनिट ३ रूपैयाँदेखि ११ रूपैयाँसम्म र त्यसमा तोकिएको सेवा शुल्कसहित घरधनीले महसुल तिर्ने गरेको विद्युत प्राधिकरणको भनाई छ।







प्रतिक्रिया