काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी पूरा गरिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे काठमाडौँबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् । उनी नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै, उनले नेपाल–भारत बिजनेस फोरममा सहभागिता जनाउने, भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने तथा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया