काठमाडौं-नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरु गर्न लागेको जनाएको हो।
यसअघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको समुपस्थितिमा नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारीहरु, निगमका पदाधिकारीहरु र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरु बीच भएको छलफलले माग सम्बोधन सम्बन्धमा मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग गर्दै फागुन १५ गते बुधबारसम्मको लागि विरोधका कार्यक्रमहरु स्थगित गरिएको थियो ।
तर हालसम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरु पुनः सञ्चालन गर्नुपरेको एलपी ग्यास उद्योग संघले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
यस्ता छन् विरोधका कार्यक्रमहरु
१. २०८१/११/१८ गतेदेखि पिडिओ नउठाउने नबनाउने ।
२. २०८१/११/२४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने ।
३. २०८१/१२/०१ गतेदेखि भन्सारबाट बुलेट नछुट्याउने ।
४. २०८१/१२/०७ गतेदेखि उद्योगहरुबाट ग्यासको बिक्री वितरण बन्द गर्ने ।
५. २०८१/१२/११ गतेदेखि डिलरहरुबाट ग्यासको बिक्री वितरण बन्द गर्ने ।







प्रतिक्रिया