काठमाडौँ-काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आइतबार आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी नेपाल प्रहरीका डीएसपी गंगा पौडेल घाइते हुनुभएको छ।
सिंह दरबार प्रहरी वृत्तका डीएसपी पौडेलको नयाँ बानेश्वर सिभिल अस्पतालमा उपचार हुँदैछ। उहाँको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ।







प्रतिक्रिया