काठमाडौं-कलाकार प्रकाश सपुतले नेपाली राजनीतिका अद्भुत व्यक्तित्व भएको बताउनु भएको छ।
‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै कलाकार सपुतले केपी शर्मा ओलीबाट संघर्ष गर्न सिक्नु पर्ने बताउनु भयो।
केपी ओलीको राजनीति मात्र होइन कला, साहित्य र व्यङ्ग्य चेत निक्कै माथि रहेको कलाकार सपुतले बताउनुभयो। ‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी छ’,कलाकार सपुतले भन्नुभयो।

केपी ओलीमा उमेर भन्दा बढीको युवा सोच भएको बताउनुभयो। ओलीमा त्यस्तै स्मरण शक्ति भएको आफूले अनुभूति गरेको सपुतले सुनाउनुभयो। केपी ओली र उहाँको पुस्ताले नेपालमा समृद्धिको सपना बुनेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूको योगदानले देश परिवर्तन भएको हो र देश परिवर्तन उहाँहरूबाट सम्भव छ भनि अहिलेको पुस्ताले देखेको सपनालाई मर्न नदिन सपुतले अनुरोध गर्नुभयो।








प्रतिक्रिया