अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली नेता मात्र हाेइन, राजनेता हो: पूर्वराष्ट्रपति भण्डारी

केपी ओली नेता मात्र हाेइन, राजनेता हो: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्र नभएर राजनेता भएको बताउनुभएको छ। 

‘केपी शर्मा ओली: सपना, संघर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण कार्यक्रमलाई २०८१ फागुन १९ गते सोमबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले केपी ओली स्वप्नद्रष्टा नेता भएको बताउनु भयो। आफू राष्ट्रपति भएको बेला केपी ओली प्रधानमन्त्री हुँदा निक्कै समन्वयात्मक भूमिका खेल्नुभएको पूर्वराष्ट्रपति भण्डारीले स्मरण गर्नुभयो। 

केपी ओलीमा देश र समाजको विकास प्रतिको तीब्र हुटहुटी भएको पूर्वराष्ट्रपति भण्डारीले बताउनु भयो। ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनु भएको थियो। त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नु भएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लागि खेल्नुभएको भूमिका, महाभूकम्पले भत्काएका संरचना बनाउन देखाउनु भएको सक्रियता र त्यसमा प्राप्त भएको सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितको उपचारमा देखिएको प्रभाकारिता एवं आर्थिक समृद्धि हासिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु’, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो। 

पूर्वराष्ट्रपति भण्डारीले केपी ओली आर्थिक, सामाजिक अभियानको कुशल अभियन्ता भएको बताउनु भयो। केपी ओलीमा तुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका भएको पूर्वराष्ट्रपति भण्डारीको टिप्पणी छ। केपी ओली एक कुशल योजनाकार, संगठक र रणनीतिकार भएको उहाँको भनाइ छ।