अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणाकार, सपनाकार र योजनाकार: नीलाम्बर आचार्य

केपी ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणाकार, सपनाकार र योजनाकार: नीलाम्बर आचार्य


काठमाडौं-पूर्व राजदूत नीलाम्बर आचार्यले केपी शर्मा ओली जस्तोसुकै अप्ठेरोमा पनि लड्न सक्ने आत्मबल भएको व्यक्ति भएको बताउनुभएको छ। 

सोमबार ‘केपी शर्मा ओली:सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै  पूर्व राजदूत आचार्यले केपी ओलीबाट धेरै बल प्रेरणा र सफलता प्राप्त गर्न सकिने बताउनुभयो। आत्मबल छ, जीवमा जतिसुकै अप्ठेरो आए पनि हार नखाने आँट छ, उद्देश्य छ, लक्ष छ, देशका निमित्त खटिरहने आचरण छ, निरन्तर अध्ययन गरिराख्ने बानी छ, ज्ञान लिइराख्ने बानी छ, यो तपाईँ हामीले सिक्नु पर्ने कुरा हो, राजनीतिमा त यो अति आवश्यक हुन्छ’, पूर्व राजदूत आचार्यले भन्नुभयो। 

पूर्व राजदूत आचार्यले केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको स्वप्नद्रष्टा भएको बताउनुभयो। ‘केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाकार हो, सपनाकार हो, योजनाकार हो, हामी समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ भने समृद्ध नेपाल निर्माण गर्ने शक्ति चाहिन्छ, पुरै देशलाई जोड्नुपर्छ, एकीकृत गर्नुपर्छ, विभाजित नेपालले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सकिँदैन’, पूर्व राजदूत आचार्यले भन्नुभयो। 

मुलुकका प्रमुख दुई शक्ति सधैँ भिडिराख्ने हो भने समृद्ध नेपाल निर्माण हुन नसक्ने पूर्व राजदूत आचार्यले बताउनुभयो। ‘कम्तीमा एक/दुई पटक दुईवटा ठुला शक्ति कांग्रेस र एमाले मिलेर जानु पर्छ, होइन भने त्यो पुरा हुन सक्दैन, दुवैको सहकार्यले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा हुन्छ’, पूर्व राजदूत आचार्यले भन्नुभयो।