अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान


काठमाडौँ-प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति हुनुभएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सरकारले उहाँलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त हुनुभएको छ।

सोही अवसरमा महासेनानीमा पदोन्नति हुनुभएका प्राविधिक प्रमुख सेनानी डा कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।