काठमाडौं-काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्।
नागार्जुन नगरपालिका-४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक पार्किङ गरी राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस हराएको सूचनापछि प्रहरीले खोजी थालेको थियो।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंसिर २ गते कलंकीबाट चोरी भएको उक्त माइक्रोबस फेला पारेको थियो। माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार बिहान १०ः३० बजे स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।



प्रतिक्रिया