काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यबारे स्पष्ट खुलाई पठाउन काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको छ।
संघीय मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिन कार्यको स्पष्ट खुलाई पठाउन भनिएको हो।
मन्त्रालयले फागुन १५ गते नै महानगरलाई पत्र पठाएर कारबाहीको स्थिति खुलाएर पठाउन भनेको छ। पत्रमा भनिएको छ, ‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिन फागुन १५ को निर्णयानुसार अनुरोध छ।’
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिनका लागि समिति बनाएका थिए। त्यसयता महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन छ।








प्रतिक्रिया