काठमाडौं-सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको अधिकार संवैधानिक अधिकार भएको बताउनु भएको छ।
शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल (इमान)इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सञ्चारसम्बन्धी कुनै पनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नसकिने बताउनुभयो।

‘संसदमा विचाराधीन विधेयकमाथि तपाइईहरूको चासोबारे म जानकार छु, प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा कुनै पनि किसिमको बन्देज लगाउने काम हुने छैन’, सभामुख घिमिरेले भन्नुभयो।
सञ्चारसम्बन्धी कुनै पनि कानुनी व्यवस्था संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत हुनु नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर बनाउने प्रयत्न गर्नुहुँदैन’, घिमिरेले भन्नुभयो ।
सभामुख घिमिरेले संसद्ले कानुन निर्माण गर्दा लोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मासाथ गर्नुपर्ने बताउनुभयो । त्यो कुरामा नेपालको संसद् पूर्ण प्रतिबद्धता रहेको उहाँले स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया