अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा

राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा


काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइ पछि आज दिउँसो ३ बजे काठमाडौं फर्किंदै हुनुहुन्छ।

पूर्वराजा शाहको स्वागतका लागि राजावादी दल र समूहहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि स्वागत साथै प्रदर्शन गर्ने भएका छन्। उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंका विभिन्न स्थान विशेष गरी त्रिभुवन विमानस्थल प्रवेश र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थल अनधिकृत व्यक्तिहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ। हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्ने निषेध गरिएको छ। पूर्वराजा शाहको स्वागतमा समर्थकहरु विमानस्थल प्रवेश गर्न सक्ने भन्दै विमानस्थल वरपर ठाउँ ठाउँमा चेकिङ भइरहेको छ। आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित छन्।

गोल्डेन गेटबाट विमानस्थलमा आफन्त लिन जाने, पुर्‍याउन चाहनेहरुको लागि टिकटको चेक जाँच गरेर मात्रै पठाइरहेको छ भने पठाओ इन्डाइभहरुलाई प्रवेश गर्न दिइएको छैन। त्यस्तै विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाटै सडक एक तर्फी बनाइएको छ।

जानको लागि गोल्डेन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ । विमानस्थलबाट प्रहरीले भीड गरेर समेत दिइएको छैन । काठमाडौंको सबै स्थानमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । चोक–चोकमा प्रहरीको संख्या बढाइएको छ ।