अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिकमन्त्री दाहालद्वारा ‘यातायात मार्फत रुपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन

भौतिकमन्त्री दाहालद्वारा ‘यातायात मार्फत रुपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘यातायात मार्फत रुपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन गर्नु भएको छ।

अमेरीकाको वासिङ्टन डिसीमा आयोजीत ‘ट्रान्फर्मिङ् ट्रान्सपोर्टेसन’ कार्यक्रमलाई मन्त्री दाहालले संवोधन गर्नु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल भौगोलिक रुपमा सानो भए पनि पर्यावरणीय दृष्टिकोणबाट विविधतायुक्त भएको बताउनु भयो।

नेपालको पर्यावरणीय विविधतालाई अनुकुलन हुने गरि सडक सञ्जाल तथा यातायात विस्तारमा सरकारले प्राथमिकता दिएको समेत बताउनुभयो । सहश्राव्दी विकास लक्ष्य हाँसिल गर्न सघाउ पुग्ने गरि सडक सञ्जाललाई कृषिको व्यवसायीकरण, आधुनिकीकरण, पर्यटन प्रवद्र्धन समेत हुने गरि विकासलाई अघि बढाएको मन्त्री दाहालले बताउनुभयो ।

देशका ग्रामिण क्षेत्रहरुमा मूल धारभूत सडक सेवा विस्तार गर्ने, पहिले नै निर्माण भइसकेको सडकलाई सवारी साधन सञ्चालन लागत न्यूनतम राख्न सकिने गरी कायम राख्ने, र सम्भाव्यता अध्ययनको आधारमा छोटा सडक सञ्जाल, स्तरोन्नति र विस्तार प्रदान गरेर अवस्थित सडक सञ्जाल अभिवृद्धि गर्ने तर्फ नेपाल सरकारले ध्यान दिएको मन्त्री दहालको भनाई थियो ।

देशको विविधतायुक्त भौगोलिक अवस्था र बसोबासको सन्दर्भमा, नेपालले मूलतः सडक सञ्जाल विकासको लागि सबै पालिका केन्द्रहरू, व्यवसाय र सेवा केन्द्रहरूलाई सडको पहुँचमा ल्याउने, ग्रामीण पहुँच विकासको लागि स्थानीय प्रविधि र स्रोतहरू लागू गर्ने, प्रकृतिमा आधारित बायोइन्जिनियरिङलाई प्रवद्र्धन तर्फ पनि नेपालको ध्यान गएको उहाँले उल्लेख गर्नुभयो । यसका साथै सुरक्षित, भरपर्दो, किफायती, समावेशी र दिगो यातायात पूर्वाधार र सेवा विकास गर्न तर्फ सरकारको ध्यान जाने पनि उहाँले बताउनुभयो ।

सडक सञ्जालको मर्मतसम्भारको सन्दर्भमा, नेपालले सक्रिय वा योजनाबद्ध मर्मतसम्भार दृष्टिकोण अपनाउँदै आएको उल्लेख गर्दै मन्त्री दाहालले यसमा सम्पूर्ण सडक सञ्जालको मर्मतसम्भारको मूल्याङ्कन र प्राथमिकता निर्धारण गर्न स्वचालित प्रणाली विकास गरिएको र विश्व बैंकको सहयोगमा सडक सञ्जाल मर्मतसम्भार गर्न स्थानीय स्रोत साधनलाई प्राथमिकता दिने नीति लिईएको बताउनुभयो ।
मार्च १० देखि विश्व वैंकको आयोजनामा भएको ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन मन्त्री दाहाल नेतृत्वको टोलि अमेरीका गएको हो । मन्त्री दाहाल नेतृत्वको टोलीले उक्त कार्यक्रममा यातायात, रोजगारी, आर्थिक वृद्धी, खाद्यसुरक्षा, यातायात सञ्जाल लगायतका बारेमा हुने अन्य विविध छलफलमा भाग लिने छ ।