अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘समृद्ध नेपाल, सुखी नेपाली’अभियान सफल हुन नदिन विरोधीहरू लागिपरेका छन्: प्रधानमन्त्री ओली

‘समृद्ध नेपाल, सुखी नेपाली’अभियान सफल हुन नदिन विरोधीहरू लागिपरेका छन्: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि बढाइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बन्न नदिन विपक्षीहरू लागिपरेको आरोप लगाउनु भएको छ।

मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू सफल बनाउन नदिन लागिरहेको आरोप लगाउनु भएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा विपक्षीहरू सक्रिय छन्।’

देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्ने सरकारकाे ध्यान रहेको प्रधानमन्त्री ओलीले बताउनु भयो।

२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो।